बाँके / चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत बाँके प्रहरीले आजबाट ‘डग स्न्यापिङ’ अभियान सुरु गरेको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत बाँके प्रहरीले १४ बुँदे सुरक्षा योजना सार्वजनिक गरिसकेको छ । सोही योजना अन्तर्गत आज जमुनाह नाकामा ‘डग स्न्यापिङ’ अभियानको सुरुवात गरिएको हो ।
नेपाल भारत सिमाना जमुनाह नाकाबाट नेपाल भित्रीने यात्रुहरु र उनिहरुको सामानलाई कुकुरद्वारा सुँघाएर चेकजाँच गरिएको छ । चेकजाँचमा नेपाल प्रहरीका ‘लव’ र ‘एलेक्स’ नामक दुई वटा कुकुरहरु खटिएका थिए । आज पहिलो दिन सिमा नाका जमुनाह, भन्सार कार्यालयमा रहेको होल्डिङ्ग सेन्टर तथा धम्बोझी चोकमा यात्रुहरुको सामान तथा सवारी साधनमा कुकुरद्वारा सुघाएर चेकजाँच गरिएको थियो ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले चाडपर्वको समयमा सिमापारीबाट नेपाल भित्र्याइन सक्ने अबैध हातहतियार, विष्फोटक पदार्थ तथा लागू औषधहरुलाई लक्षित गरी कुकुरद्वारा सुँघाएर पत्ता लगाउनका ठूलो भूमिका निर्वाह गर्ने बाँकेका एसपी ओम बहादुर रानाले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक रानाले सिमा नाकामा मात्र नभएर जिल्ला भित्र पर्ने राजमार्ग, बसपार्क तथा आवश्यक देखिएका स्थानहरुमा आकस्मिक रुपले ‘डग स्न्यापिङ’ अभियानद्वारा चेकजाँच गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँले दशै तिहार र छठ पर्वको अवधिमा शंकास्पद ठाउँहरुमा ‘डग स्न्यापिङ’ अभियान चलाइने जानकारी दिनुभयो । बाँकेमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि एसपी रानाले सुरक्षाको सवालमा नयाँनयाँ योजनाहरु कार्यान्वयन गर्दै आउनुभएको छ । उहाँले पर्व लक्षित सुरक्षा अभियान अन्तर्गत मोवाइल गस्ती, मोटरसाइकल गस्ति लगायतका योजना सुरु गरिसक्नुभएको छ ।
Like
Comment
२०७७ कार्तिक २, आईतवार प्रकाशित