एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा ज्ञानेन्द्र गुरुङको उम्मेदवारी घोषणा

|

नेपालको रमणीय तथा ऐतिहासिक जिल्ला लमजुङ जन्मनुभएका गुरुङ सन २००४ देखी लस एन्जलसलाई कर्मभुमी बनाएर बसोबास गर्दै आईरहनुभएको गुरुङको आफ्नै छुट्टै पहिचान र पक्कड रहेको छ।

उहाँ नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ सोसाइटी अफ लसएन्जल्सको कार्यरत अध्यक्ष पनि हुन्।
गुरुङले गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका मार्फत निःस्वार्थ सामाजिक सेवा गर्ने हेतुले एनआरएनए अमेरिकाको आगामी कार्यकाल २०२१-२०२३ का लागि हुन गइरहेको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदकालागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

प्रविधिले गरेको विकासको रफ्तारसंगै हाम्रा सभ्यता, संस्कृतिहरूलाई, उपयुक्त परम्पराहरूलाई र सुन्दर संस्कृतिहरूलाई संरक्षण गर्दै तिनलाई अगाडि बढाएर समृद्ध बनाउँदै अगाडि जानुपर्ने पनि छ र साथै प्रबासमा आफ्नो पहिचानलाई हरेक बर्ष विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्न नेपालीको पहिचान एंव अमूल्य आर्दशलाई माथि उठाउन आबश्यकता भएको गुरुङ बताउँछन् ।

उहाँको नेपालमा विभिन्न सामाजिक संस्थाहरुको माथिल्लो ओहदामा समेत रहेर काम गरिसकेको अनुभव छ ।
नेपालमा छदाँ उच्च शिक्षा हासिल गर्दै विभिन्न संघ-संगठनमा रहेर सामाजिक सेवामा समर्पित गुरुङले अमेरिकामा पनि विभिन्न सामाजिक संघ-संस्थामा समेत काम र योगदान गर्नु भएको छ।

आगामी नयाँ कार्यकालमा नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक तुल्याउन र एनआरएनको मुख्य एजेण्डा दोहोरो नेपाली नागरिकताको निरन्तरताको लागि जो सुकै अध्यक्ष जितेर आए पनि आफु क्रियाशील भई दृढताका साथ अगाडी बढ्ने गुरुङको अठोट रहेको छ ।

२०७७ चैत्र ५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।