बर्दिया । न्यू शान्ति स्पोट्र्स क्लब शान्तिपुरको आयोजनामा बर्दियाको बढैयाताल गाउँपालिका–१, शान्तिपुरमा तीज विशेष नृत्य प्रतियोगिता कार्यक्रम आयोजना हुने भएको छ ।
क्लबले नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा कला, संस्कृति र प्रतिभाको प्रवद्र्धन गर्ने उद्देश्यले नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता २०८३ भदौ २९ गते शान्तिपुरमा आयोजना हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई प्रथम पुरस्कार १० हजार रुपैयाँ, द्वितीय ७ हजार रुपैयाँ, तृतीय ५ हजार रुपैयाँ र सान्त्वना पुरस्कार २ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क ५०० रुपैयाँ तोकिएको छ । टिम दर्ताका लागि भदौ १५ गतेदेखि २५ गतेसम्म समय तोकिएको आयोजक क्लबका अध्यक्ष प्रेम बहादुर पुन मगरले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक समूह तथा कलाकारलाई निर्धारित समयभित्र टिम दर्ता गरी सहभागिता जनाउन न्यू शान्ति स्पोट्र्स क्लबले आग्रह गरेको छ ।






