नेपालगञ्ज । नेपालगञ्ज–९, समावेशी टोल निवासी बिमला थापाको जन्मदिनको अवसरमा निलसागर सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा आश्रितलाई भोजन खुवाईएको छ ।
जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै थापाले आश्रममा रहेका व्यक्तिहरूलाई भोजन गराउनुका साथै उनीहरूसँग समय बिताएकी हुन्। जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यले आश्रममा भोजन सेवा गरिएको बिमला थापाले बताईन् । अब देखि आफना परिवारको जन्मदिनमा निलसागर आश्रममा आएर मनाउने पनि बताईन् ।
यस किसिमको सामाजिक कार्यले आश्रममा आश्रित व्यक्तिहरूमा खुसी र आत्मीयताको अनुभूति गराउने विश्वास गरिएको छ । जन्मदिनलाई मनोरञ्जनसँग मात्र सीमित नराखी मानवसेवा र सामाजिक उत्तरदायित्वसँग जोड्ने थापाको प्रयासको प्रशंसा गरिएको छ ।






