सदाचार, नैतिकता र सुशासन

|

सदाचार र सुशासन एक अर्कामा अन्तर सम्बन्धित विषय हुन् । सदाचार भनेको यस्तो भावना तथा विचार हो, जसले नकरात्मकता तर्फ लाग्न निरुत्साहन गर्दछ । अझ भनौ यसले मानिसलाई गलत काम गर्न बाट रोक्दछ । मानिसमा अन्तर निहीत ब्यक्तिगत स्वार्थ, लोभ, आग्रह,पूर्वाग्रह तथा कुविचारहरुलाई न्यूनिकरण गर्ने वा प्रस्फुटन गर्न बाट रोक्न सक्ने तत्व भनेको नै सदाचार हो ।

सदाचार नैतिकता सम्बन्धि विषय हो । सदाचारको पालनाले सुशासन कायम गर्न महत्वपूर्ण कार्य गर्दछ किनकी सुशासन भनेको मुलुकमा विधिको शासन कायम, भष्ट्रचार मुक्त समाजको निर्माण, आर्थिक तथा राजनैतिक अनुशासन, न्यायमा समान पहुच, दण्डहिनताको अन्त्य , जनताप्रति उत्तरदायि सरकार, सामाजिक विकृतिको अन्त्य र सबै जनतालाई समान दृष्टिकोणले हेरिनु हो । यि सबै कुरा प्रत्येक व्यक्तिमा सदाचार भयो भने सम्भव छ । जब ब्यक्तिमा सदाचारीताको भावना रहन्छ तव उसले नकारात्मक क्रियाकलाप गर्दैन । फल स्वरुप सुशासन कायम हुन्छ ।

राज्यले सुशासन, शान्ति तथा अमनचयन कायम राख्नका लागि सदाचारको निति लिएको हुन्छ । त्यस्तो सदाचारको निति सरकारी निकायले मात्र नभई सार्वजनिक निकाय, निजि क्षेत्र, गैर सरकारी एवम् सहाकारी क्षेत्र , नागरीक समाजका संस्था , सञ्चार संस्था तथा तिनिहरुका सबै पदाधिकारीहरुले अवलम्बन गर्नुपर्ने हुन्छ । राज्यले लिएको सदाचार निति सवै राजनैतिक ब्यक्तिहरु, सरकारी ओहदामा रहेका पदाधिकारीहरु , नागरीक समाज तथा तिनका पदाधिकारीहरुले अक्षरशः पालन गर्ने हो भने सुशासन कायम हुन बेरै नलाग्ने कुरा सबैलाई विदितै छ तर पनि त्यसो हुन सकेको छैन ।

अहिलेको अवस्था हेर्दा मुलुकमा भ्रष्टाचारजन्य प्रवृति, अनियमितता, ढिलासुस्ती, लापरवाही, गलत निर्णय वा अनिर्णय तथा यस्तै विकृती विसंगती, ठगी, पदिय दुरुपयोगको अवस्था व्याप्त छ । अधिकार सम्पन्न ब्यक्तिले नै सदाचारको पालना गरिरहेका छैनन् । ब्यक्तिहरुमा ब्यक्तिगत तथा पेशागत निष्ठा र इमान्दारिताहरुमा कमी आएको छ । निकायहरु पार्दशी छैनन् । निजि क्षेत्र, सरकारी क्षेत्र तथा अन्य गैर सरकारी सामाजिक नागरीक समाजमा कतै सदाचार तथा सुशासन त हराएको होइन भने भान हुन्छ । सञ्चारको क्षेत्रले पनि आफ्नो धर्म भुलेर पक्षपाती त भएको छैन ? प्रश्न उब्जीएको छ । त्यसैले सञ्चार क्षेत्र पनि राजनितिबाट माथी उठेर निश्पक्ष रुपमा भुमिका खेल्नुपर्दछ ।

सुशासन कायम राख्न सरकारी क्षेत्र, सार्वजनिक निकाय, निजि क्षेत्र, गैर सरकारी एवम् सहकारी क्षेत्र , नागरीक समाज, सञ्चार संस्था तथा सबै आम जनतामा सदाचार रहनुपर्दछ । सुशासनको अगुवाई राज्यले गर्नु पर्दछ किनकि राज्य सबै नागरीकहरुको अभिभावक हो । सदाचारी व्यवहार सहित आधाभुत आवश्यकताको परीपूर्ति, न्यायमा समान पहुच, जनताप्रति जवाफदेहीता, पारर्दशिता एंव कानूनी शासनले मात्र सुशासनको अनुभुति गर्न सकिन्छ ।

सामाजिक अभियान्ता, नवलपरासी

२०७७ श्रावण ४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।