युवा र हाम्रो नयाँ पिडिको निम्ति मेरो उम्मेदवारी हो : सुनिता सापकोटा कंडेल

|

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचनमा सुनिता सापकोटा कंडेलले सचिव (महिला) पदको निम्ति औपचारिक रुपमा उम्मेदवारी दिईसकेको छ ।

कंडेल नवल परासीको गैंडाकोटमा जन्मेर चितवनको बाल कुमारी कलेजबाट ग्राजुएट गर्नुभएकी कंडेल बिधार्थी हुँदा देखि नै सक्रिय भएको बताउनुहुन्छ।
किशोरी हुँदा देखि नै कम्युनिटी रेडियो बिजय एफएममा काम गरेको बताउने सुनिताले २०१४ मा अमेरिकाको क्यालिफोर्निया राज्यमा आएको आफू यहाँ आएको समय देखि नै नेपाली महिलाहरुको विश्वसंजाल (NWGN) को क्यालिफोर्निया च्याप्टरमा सकृय रहेको बताउनु भयो।

महिला, युवा मात्र होइन नेपाली जनसम्पर्क समिति अमेरिकाका गतिबिधिहरुमा सक्रिय रहेकी कंडेल हाल युवा तथा महिलाको पुर्ण सहभागिता हुन सकेमा हाम्रो नयाँ पुस्ताको सपनाहरु साकार गर्न सकिन्छ भन्दै एनआरएनए एनसीसी अमेरिकाको चुनावी यात्रामा लागिरहेकी छिन् ।

कडेलले यो पटक कोभिड १९ हेल्प डेस्कमा रहेर काम गरेको उहाँ आफु समाज रूपान्तरणको लागि पछि हटेर हैन,आफु डटेर काम गर्ने सोचमा समेत छिन् ।
आफूले थुप्रै युवा र महिलाहरुको लागि काम गरेको, उनीहरुको प्रतिनिधित्व संघको नीति-निर्माण तहमा हुनुपर्ने भएकाले पनि आफू उम्मेदवार भएको उहाँको भनाइ रहेको छ।

महिला र युवाहरुको लागि सशकिकरण गर्न, नेतृव तहमा युवा र महिला पुर्याउन पनि आफूलाई मत दिनुपर्ने बताउनुहुन्छ। आफू समावेसी, सहभागीतात्मक र नविन सोचका साथ आएकीले पनि आफूलाइ र बाँकी सबै युवाहरुलाई एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनमा मत दिनुपर्ने र आफुले पाएको ज़िम्मेवारीलाई अर्थपूर्ण ढंगले कार्यान्वयन गर्ने जिकिर सुनिता कंडेलको रहेको छ।

२०७८ बैशाख १५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।