काठमाण्डौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘बुलेट बाइक’ सार्वजनिक भएको छ । गीतमा युवा पुस्ताको रुचि, प्रेम र मनोरञ्जनलाई केन्द्रमा राखिएको छ ।
लोक राज अधिकारीको शब्द तथा निर्देशनमा तयार भएको ‘बुलेट बाइक’मा अर्जुन पोखरेलको संगीत र आशा बुढाको स्वर रहेको छ । गीतको रेकर्डिङ तथा मिक्सिङ नरेश बीबीसीले गरेका हुन् ।
गीतको भिडियोमा शिलास्मा मल्ल, पूर्णिमा आचार्य, सामग्री चन्द, सर्मिता चन्द, सुस्मिता चन्द, खुसी चन्द, आशा पुन मगर, विष्णु देवी बुढा, विष्णु कुमारी चन्द, पुष्पा कुमारी सिटौला, आभास सिटौला र उषा मगरको अभिनय तथा प्रस्तुति रहेको छ।
भिडियोको कोरियोग्राफी श्याम पटेलले गरेका छन् भने क्यामेराम्यान सुबिन गोदार हुन् । मेकअप गीता तामाङले गरेकी छन् भने सम्पादन निराजन केसीले गरेका छन् ।
‘बुलेट बाइक’लाई फरक शैलीको प्रस्तुति, आकर्षक नृत्य र मनोरञ्जनात्मक कथ्यसहित दर्शकमाझ ल्याइएको निर्माण पक्षले जनाएको छ । गीत तथा भिडियोले नेपाली संगीतप्रेमी दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।






