मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीमा गोली लागि निधन भएका स्व सागर घिमिरे लगायत अन्य पीडितको सहयोगको लागि गो फन्ड मि संचालनमा ल्याइएको छ ।
गत शनिबार मे ८ का दिन बिहान भएको गोलीकाण्डमा निधन भएका २५ बर्षिय सागर घिमिरे,घाइते भएका श्याम अधिकारी र एक नेपालीको घर पूर्ण नष्ट भएकोले सबैको सहयोगार्थ उक्त गो फन्ड मि खाता खोलिएको बताईएको छ ।
गोलीबारी र आगजनीमा परि नेपाल संखुवासभा घर भएका २५ बर्षिय सागर घिमिरेको दुखद निधन भएको र सर्लाहीका श्याम अधिकारी घाईते भएका छन् ।साथै नेपाली समुदायका एक सदस्यको घर आगलागीकै कारणले पूर्ण रूपले नष्ट भएको छ।
मातृभूमि नेपालबाट पढाईको शिलशिलामा आएर पढाई सकेर बाल्टिमोर आएका स्व सागर घिमिरे र घाइते श्याम अधिकारी अकल्पनीय दुर्घटना पर्नु भएको यो दुःखद घडिमा मृतकका परिवार र घाईतेका लागि राहत संकलन गर्न गो फण्ड शुरू गरेको जानकारी प्राप्त भएको छ ।
परिवारका सदस्य गुमाएको यो शोकको घडिमा वहाँहरूको राहतको लागी मेरिल्याण्ड राज्यमा ५०१ (सि)३अन्तर्गत गैर नाफामूलक संस्थाको रूपमा दर्ता भएको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना) को नेतृत्वमा गो फन्ड खोलिएको छ ।
साथै बानाको नेतृत्व अन्तर्गत एनआरएनएन स्टुडेन्ट नेटवर्क अमेरिका (बिधार्थी संजाल अमेरिका)साथी बाल्टिमोर,एनआरएनए मेरिल्याण्ड शाखा ,मगर संघ अमेरिका डिएमभी (शाखा ),म्जुङ सेवा समाज अमेरिका , तनहु अमेरिका सोसाईटी , म्याग्दि समाज युएसए ,पर्वत समाज अमेरिका, बाल्टिमोर तमू समाज, कास्की समाज अमेरिका, एके फाउन्डेसन अमेरिका ,टिइसि नेप्लिज सोसाइटी ,सुदुर पश्चिम समाज मेरिल्याण्ड, चितवन समाज अमेरिका, बेलमन्ट भलिवल क्लब ,ईनास मेरिल्याण्ड च्याप्टर, बाग्लुङ समाज अमेरिका, विवेकशिल अमेरिका ,मेरिल्याण्ड नेप्लिज भलिबल क्लब, प्रवासी नेपाली एकता समाज अमेरिका, प्रवासी नेपाली एकता मन्च डिसी मेट्रो कमिटी, फ्रेन्ड्स अफ क्रोफ्टन ,दारी क्लब युएसए (डिएएआआइ)लगायतका संस्थाहरूको सहकार्यमा सहयोग अभियान संचालन गरिएको जनाएको छ ।
पीडितहरुलाई सहयोग गर्न र थप जानकारी लिनु पर्ने भएमा यहाँ क्लिक होला :
https://www.gofundme.com/f/support-for-maryland-shooting-victims?
तस्बिर :सामाजिक संजालबाट