एनआरएनए अमेरिकाको निर्बाचनमा बरिष्ठ उपाध्यक्ष पदका लागि उमेद्वारी घोषणा गर्दै: बि.आर लामा

|

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका बर्तमान उपाध्यक्ष तथा निबर्तमान महासचिव बाबुराम (बि.आर)लामा एनआरएनए अमेरिकाको आसन्न निर्बाचनमा बरिष्ठ उपा-अध्यक्ष पदकालागि उमेद्वारी घोषणा गर्ने भएका छन् ।

सन् २००७ देखि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचन तयारी समिति सदस्यबाट गैर आवासीय नेपाली अभियानमा जोडिएको लामा एन आर एन ए इजरायलको महासचिव, एन आर एन ए अमेरिकाको सल्लाहकार, महासचिव, र उपाध्यक्ष सम्मको भूमिका निभाई सकेका छन् भने अमेरिका आए देखि नै प्रत्यक्ष वा परोक्ष रुपमा एन आर एन ए अभियानमा संलग्न भै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को बिकास, सम्रिद्द र गतिशीलताको लागि अनवरत रुपमा कार्य गर्दै आइरहेको छ।

लामाले गैर आवासीय नेपाली संघ, रास्ट्रीय समन्वय परिषद अमेरिकाको सन् २०१३ देखि २०१४ सम्म सल्लाहकार, २०१४ देखि २०१५ सम्म सार्वजनिक स्वास्थ्य समितिको सदस्य, २०१५ देखि २०१७ सम्म सल्लाहकार, २०१७ देखि २०१९ सम्म महासचिव र २०१९ देखि हाल सम्म उपाध्यक्ष भै कार्य गरिसकेको छ ।

सन् २०१० मा संयुक्त-राज्य अमेरिकाको ह्युस्टन टेक्सास मा भएको गैर आवासीय नेपाली संघको चौथो क्षेत्रीय सम्मेलन मा साधारण सहभागीको रुपमा भाग लिएको र सन् २०१६ मा न्यूजर्सिको नवौ क्षेत्रीय सम्मेलनमा आफु कुनै कार्यकारी पदमा नरहदा पनि सक्रिय सहभागी भै उक्त सम्मेलन सफल बनाउन योगदान पुर्याएको र त्यसै गरि गैर आवासीय नेपाली संघको बिगतको नौ वटा साधारण सभाहरुमा आठ वोट साधारण सभामा सहभागी भै प्रत्यक्ष वा परोक्ष रुपमा कार्य गरिसकेको लामा फेरि पनि आफुलाई समाजसेवामा समर्पित गर्न चाहन्छन् ।

लामाले आफु एन आर एन ए अमेरिकाको महासचिव हुँदा: संस्था बिधि सम्मत चल्नु पर्छ भन्ने मान्यताका साथ् विधानलाई अक्षरस पालन गर्ने गराउने गरेको,संस्थाको कोष कहाँ के का लागि खर्च भएको छ भन्ने पारदर्शिताको लागि खर्च भएका रकमहरुको बिस्तृत जानकारी बैठकको निर्णय पुस्तिकामा नै संलग्न राखी सार्वजनिक गरिएको र संस्थालाई अनुशासित र प्रभावकारी बनाउनको लागि चेन अफ कमाण्ड लाई कडाईकासाथ लागु गरि पालन गर्ने गराउने गरेको उनको भनाई रहेको छ।

त्यसैगरि संस्थालाई उत्पादन मुलक बनाई सदस्य एवं सस्थाको लाभमा क्रियासिल बनाउने उद्देश्यले संस्थालाई लक्ष्य निर्देशित बनाउने उद्देश्यले अध्यक्षले निर्वाचनको समयमा उद्घोष गर्नु भएको प्रतिबद्धताहरुलाई कार्य-योजना र कार्य-तालिकाको दस्ताबेज सहित लागु गर्न गराउन पहल र सदस्यता बितरण प्रणालीमा छिद्र रहेको भन्ने ब्यापक जनगुनासोलाई सम्बोधन गर्नको लागि प्रणालीमा देखिएको छिद्रहरूको व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरि संयुक्त राज्य अमेरिकामा हामी नेपालीहरुको पहिचान गराउन र संस्थालाई भौतिक रुपमा समेत स्थापित गर्ने उद्देस्यले नेपाल घरको अवधारण अगाडि बढाईएको बताउछन् ।

साथसाथै लामाले,महासचिव हुदाको बखतमा अगाडि सरेको नेपाल घरको अवधारणालाई मूर्तरूप दिने उद्देस्यले तत्कालिन आफ्नो उपाध्यक्षको कार्यकालमा उत्तर-पुर्बी क्षेत्रीय समितिको सभापतिको हैसियतले उत्तर-पुर्बी क्षेत्रीय समितिको आयोजनामा न्यूयोर्क च्याप्टरको बिशेष सहयोगमा भवन निर्माणार्थ कोष संकलन कार्यक्रमको आयोजना गरि १ लाख २० हजार अमेरिकी डलर संकलन गर्न सफल भएको, तत्कालिन विधानले व्यवस्था गरे बमोजिम आफ्नो क्षेत्रमा रहेको च्याप्टरहरु संघ नियमित बैठक गरि च्याप्टर हरुको समस्याको सुनुवाई गरेको र च्यप्टरहरुलाई स्थानीय तवरमा संस्थाको DBA को रुपमा दर्ता गराउन प्रोत्साहन गरि दर्ता गराउन समेत सहयोग गरेको र कोभिडको शुरुवाती कालमा च्याप्टरहरुलाई आवस्यक पर्ने सहयोगको लागि उचित व्यवस्थापन गर्दै आईरहेको बताउनु भएको छ।

संस्थालाई अझ बढी प्रभावकारी र उत्पादनमुलक बनाउने उद्देस्यले आफ्नो उपाध्यक्ष को कार्यकालमा बिधान कमिटिको सभापतिको हैसियतले, तत्कालिन विधानमा रहेको असन्तुलित कार्य-विभाजनलाई विभागीय संरचनामा परिणत गरि भार सन्तुलनको व्यवस्थापन गरेको जसले गर्दा भविस्यमा संस्थाको कार्य क्षमता र गतिशीलतामा उन्नोत्तर हुने बिश्वास भएको लामा भन्नु हुन्छ।

लामाले एनआरएनए अमेरिकाको आसन्न निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएमा संस्थामा निर्वाचित अध्यक्ष को घोषणा पत्र अनुसार नै कार्यक्रमको तर्जुमा तथा कार्य योजना बन्ने हुँदा अरु पदका पदाधिकारीहरुको खासै केहि योजना एवम नीति नहुने भएता पनि आफ्नो तर्फ बाट आफ्नै सक्रियतामा संस्थालाई दिर्घकालिन लाभप्रद बिषयको केहि योजन भने जो सुकै अध्यक्ष जितेर आए पनि थप्न सकिने हुँदा केहि योजनाहरु सहित छिट्टै आधिकारिक उम्मेदवारी घोषणाका साथ् आउदै छु भनि द वर्ल्ड नेपाल न्युज संगको कुराकानीमा बताउनु भएको छ।

२०७७ फाल्गुन १८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।