नेपालगन्जका १८ बर्षीया युवती र ६१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

|

बाँके । काेेराेना संक्रमित नेपालगन्जका दुई जनाकाे मृत्यु भएकाे छ । नेपालगन्ज उपमहानगरपालिका वटा नं-१०, भृकुटीनगरका ६१ वर्षीय पुरूषकाे शुक्रबार राति ९ बजे र नेपालगन्ज वडा नं-१८ कारकाँदाेकी एक १८ वर्षीया महिलाकाे साढे ९ बजे मृत्यु भएकाे हाे ।

६१ वर्षीय पुरूषकाे भेरी अस्पताल नेपालगन्ज तथा महिलाकाे नेपालगन्ज मेडिकल कलेज काेहलपुरमा उपचारका क्रममा मृत्यु भएकाे काेभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फाेकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयाे ।

मृतक दबैका श्वास प्रश्वासकाे समस्या रहेकाे थियाे । पुरूषलाई २५ गते दिउँसो भेरीमा भर्ना गरिएको थियाे भने महिलालाई काेहलपुरमा राती दस बजे भर्ना गरिएको थियाे ।

याे संगै बाँकेमा मृत्यु हुने काेराेना संक्रमितकाे संख्या २९ पगेकाे छ ।

२०७७ आश्विन ३०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।