बाँकेमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

|

नेपालगन्ज / बाँकेमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । बुधबार राती उपचार कै क्रममा भेरी अस्पताल नेपालगन्जमा जानकी गाउँपालिका वडा नम्बर ६, प्रजातिपुरका ६५ बर्षिय एक पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

यो संगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए ।

२०७७ आश्विन २८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।