पछिल्लो २४ घन्टामा ३५५६ जनामा कोरोना संक्रमण

|

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय ५६ जनासहित देशभर संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ७८ हजार ७ सय ८० जना निको भएर फर्किएका छन् भने कोरोना संक्रमणबाट ६ सय ६३ जनाको ज्यान गुमाएका छन् ।

२०७७ आश्विन २७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।