
नेपालगन्ज । समाज सेवा सस्था नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोग तथा नेपाल युवा परिषद र नेपाल युनाइट्सको सहकार्यमा भेरी अस्पताल स्थित रक्तसञ्चार केन्द्रमा चैत २९ गते रक्तदान कार्यक्रमको आयोजना हुदैछ ।
सो रक्तदान कार्यक्रममा सहभागी भै रक्तदान गरि जिवनदान गर्ने जस्तो पुण्य कार्यमा सहभागी भैदिनहुन आयोजक संस्थाका अध्यक्ष बिनोद थापाले अपिल गर्नु भएको छ ।
समाज सेवा सस्था नेपालले विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । रक्त अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल युनाईट्सका कार्यकारी निर्देशक महोम्मद आयातुल्ला रहमानले बताउनु भयो ।