१३ देशका लागि राजदूत सिफारिस, अमेरिकाका लागि चिरनजंग थापा

|

काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायललगायत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको हो।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरव शमशेर जबरा, जापानका लागि जिग्यान कुमार थापा र इजरायलका लागि सुरेशकुमार कर्णलाई राजदूतका रूपमा सिफारिस गरेको छ।

त्यस्तै, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको छ। राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउन सरकारले सिफारिस गरेका नाम सम्बन्धित संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार अगाडि बढाइनेछ।

२०८३ आश्विन २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।