नेपालगन्ज / निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल , प्याब्सन नेपालगन्ज बाँकेको आयोजनामा नेपालगन्ज रंगशालामा शुक्रबार देखि प्रथम प्याब्सन नेपालगन्ज अन्डर -१४ फुटबल प्रतियोगितमा पशुपति र नेपालगन्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेका छन् ।
नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा पशुपति इङलिस मिडियम स्कुल र स्टार फ्युचर एकेडेमी खेलेका थिए । पशुपतिका तर्फबाट आयुस बुढाथोकी , देवा रोकाय , इशान सिंह बिक १/१ गरि ३ गोल गरेका थिए त्यसैगरी स्टार फ्युचरका तर्फबाट मुहान कामिले १, मिशन रोकायले १ गरि २ गोल गरेका थिए । जसले गर्दा ३/२ का अन्तरले पशुपति इङलिस मिडियम स्कुल बिजय भएको हो ।
दोस्रो खेलमा नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ बिद्या निकेतन बिच भएको थियोे । नेपालगन्ज मोडेल एकेडेमीका तर्फबाट रुपेश बोहराले १ गोल गरेका थिए । जस्ले गर्दा १/० का अन्तर नेपालगन्ज मोडेल एकेडेमी बिजय भएको निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल , प्याब्सन नेपालगन्ज नगर कमिटी बाँकेका अध्यक्ष बिकास बज्राचार्यले जानकारी दिनुभयो ।






