बाँकेको बैजनाथ गाउँपालिका बालविवाह मुक्त घोषणा

|

बैजनाथ  । बाँकेको बैजनाथ गाउँपालिका पनि बालविवाह मुक्त घोषणा भएको छ । बैजनाथ गाउँपालिका–६ रामपुरमा मंगलबार आयोजित समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख  आतिथ्यतामा गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले बैजनाथलाई बालविवाह मुक्त पालिका घोषणा गरेका हुन् ।

जिल्लामा खजुरा–३ पछि दोस्रो वडा (बैजनाथ–१) बालविवाह मुक्त घोषणा भएको थियो । स्थानीय तह घोषणामा पनि बैजनाथ दोस्रो नै भएको छ । यसअघि जिल्लाको जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा भइसकेको छ ।

सो अवसरमा जिल्लालाई बालविवाह मुक्त घोषणा कार्यक्रमलाई सघाउने विभिन्न व्यक्ति, सरकारी र गैरसरकारी संघसंस्थाका १५ जनालाई सम्मान गरिएको थियो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले जिल्लामा बालविवाह रोकथाम परियोजना सञ्चालन गरी सघाएको थियो ।

२०७८ मंसिर ७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।