स्वास्थ्यकर्मीलाई स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली तालिम प्रदान

|

नेपालगन्ज /  खजुरा गाउँपालिकाको आयोजना तथा अष्ट्रेलियन एड,भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँके र केयर नेपालको आर्थिक सहयोग तथा स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमको प्राविधिक सहयोगमा खजुरा गाउँपालिकाका स्वास्थ्यकर्मीका लागि ४ दिने स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली तालिम आजबाट शुरु भएको छ ।

सो ४ दिने तालिममा स्वास्थ्य ब्यवस्थापन सूचना प्रणालीको बारे जानकारी, तथ्याङ्क इन्ट्री गर्ने तरिका, तथ्याङ्कको विश्लेषण, तथ्याङ्कको प्रस्तुतीकरण र तथ्याङ्कको सही प्रयोग बारे प्रशिक्षण गरिने बी–ग्रुपका फिल्ड सुपरभाईजर सम्झना चौधरीले जानकारी दिनुुभयो । सो ४ दिने तालिमको सहजीकरण स्वास्थ्य कार्यालय, बाँकेका मलेरिया इनिस्पेक्टर निरिक्षक दुर्गा गौतम र नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक सरोज रिमालले गरिरहनु भएको बी–ग्रुपका लेखा अधिकृत वेद दिक्षितले जानकारी गराउनुभयो ।

यस अघि पनि बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका स्वास्थ्यकर्मीहरुलाई पनि स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली तालिम प्रदान गरिएको बी–ग्रुपका कार्यक्रम संयोजक दुर्गा पन्थीले जानकारी गराउनुभयो । अष्ट्रेलियन एडको सहयोगमा केयर नेपालको साझेदारीमा भेरी वातावरणीय विशिष्टता समुह(बी-ग्रुप)बाट सञ्चालित कोभिड-१९ आपतकालीन प्रतिकार्य र पुनर्लाभ परियोजना मार्फत यो तालिम सन्चालन भईरहेको छ ।

 

 

२०७८ कार्तिक ३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।