नेपालगन्ज । बाँके नेपालगन्जको न्युरोडमा भोलि `द रोयल युनिसेक्स सलुन´ सुरुवातमा आउने भएको छ।
ब्युटिसियन मन्जु चन्दले आफ्नो ब्युटिपार्लरलाई नयाँ ढङ्गबाट सुरुवात गर्ने भएकी छिन् । बाँके नेपालगन्जको न्युरोडमा ‘द रोयल युनिसेक्स सलुन’ भोलि देखि नया स्वरुपमा सञ्चालनमा ल्याउन लागेकी छिन् । असोज २१ गते अथवा घटस्थापना दिवसको अवसर पारेर भोलि बुधबार दिउँसो ११ सो व्युटिपार्लर तथा सलुनको उद्घाटन गरिने भएको छ।
`द रोयल युनिसेक्स सलुन’ मा ब्युटिपार्लर सम्बन्धि सम्पूर्ण सुविधा, जेन्स , लेडिज सैलुन तथा ट्रेनीङ सेन्टर समेत उपलब्ध भएको उक्त पसल अत्याधुनिक प्रबिधियुक्त गुणस्तरीय सिस्टममा व्युटिपार्लर नेपालगन्जमा भित्राएको र लेडिज सम्बन्धि विभिन्न ब्रान्डका ब्युटिसियन सामान साथै भित्रि ब्रस्त्रहरु समेत रहेको उक्त पसल भोलि उद्घाटन हुने र भोलि विशेष अफर र सुलफ हुने ब्युटिसियन मन्जु चन्दले बताएकी छिन भने अझ विशेष नयाँ अफर भने प्रबिधियुक्त मेसिनबाट नङ्गमा पलिस तथा आई प्रो माइक्रो सेडिङ डिजाइन समेत रहेको बताएकी छिन।