६ घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब घाटा

|

न्युयोर्क । सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् ।

नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

६ घन्टा अबरुद्ध हुँदा फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ ।

सेप्टेम्बरमा मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओरालो लागेको छ । एजेन्सीको सहयोगमा

२०७८ आश्विन १९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।