नेपालगञ्ज । राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको नेपाली झण्डाको सम्मानमा ११औं राष्ट्रिय झण्डा दिवस नेपालगन्जमा मनाईएको छ । नेपालगन्जको बिपि चौकमा बास नेपाल र अन्तरालको संयुक्त आयोजनामा उक्त दिवस मनाईएको हो ।

नेपाली झण्डाले सबै नेपालीलाई एक शुत्रमा बाध्ने कुरालाई महशुस गर्दै नेपाली नयाँ बर्षको पहिलो दिन देशको ध्वजको सम्मानका लागि झण्डा महोत्सबलाई सबैको साझाँ कार्यक्रमको रुपमा मनाईएको हो । झण्डा दिवसको अवसरमा बोल्दै अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले बर्षको पहिलो दिन नेपाली ध्वजको सम्मानका लागि झण्डा दिवसको परिकल्पना गरिएको बताए ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपप्रमुख उमा थापा मगर, नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नबिन गिरी, बरिष्ट पत्रकार झलक गैरे, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, हरित अभियन्ता हेमन्तराज काफ्ले, सामाजिक कार्यमा अग्रसर मुना हमाल लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने सहभागिहरुले नेपालको राष्ट्रिय झण्डा विश्वमा नै मौलिक र फरक भएको भन्दै नेपाली झण्डा दिवसलाई सरकारले मान्यता दिनु पर्नेमा जोड दिएका थिए ।

उपस्थिती सबै सहभागिहरुलाई धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए । झण्डा दिवसको अवसरमा बास नेपालले देशभरी शाखा मार्फत कार्यक्रम गरिरहेको छ ।






