काठमाडौं। प्रतिनिधि सभाको उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन्।उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाबीच प्रतिस्पर्धा भएको थियो। शुक्रबार सम्पन्न निर्वाचनमा राप्रपाकी लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि ठाकुर स्वतः उपसभामुखमा निर्वाचित भएकी हुन्।
आजको मतदानमा उपस्थित २५७ सांसदमध्ये रुबी कुमारी ठाकुरले २१५ मत प्राप्त गरिन् भने सरस्वती लामाले ५ मत मात्र पाइन्।
ठाकुरलाई सत्तारुढ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाको समर्थन रहेको थियो। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने मतदानमा तटस्थ बसेको थियो।
नवनिर्वाचित उपसभामुख ठाकुरले संसदलाई प्रभावकारी, समावेशी र जिम्मेवार बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।






