नेपालगन्ज उपमहानगरपालिका स्तरीय बाल क्लब सन्जालको चौथो अधिवेशन हुदै

|

बाँके /  नेपालगन्ज उपमहानगरपालिका स्तरीय बाल क्लब सन्जालको नवौं साधारण सभा तथा चौथो अधिवेशन आज शनिवार हुदैछ । अधिवेशनको पुर्ण तयारी भईसकेको नपालगन्ज उपमहानगरपालिका स्तरीय बाल क्लब सन्जालका अध्यक्ष अंकित मिश्रले जानकारी दिए । चौथो अबिधेशनबाट नयाँ नेतृत्व चयन पनि हुने मिश्रले बताए । बाँके जिल्लामा नेपालगन्ज उपमहानगरपालिका स्तरीय बाल क्लबको संस्थापक अध्यक्ष श्वेता तिवारी रहेका थिए भने बाँके जिल्लाकै बाल क्लबको संस्थापक अध्यक्ष बिशाल राना मगर रहेका थिए ।

त्यसपछि सुरेन्द्र चलाउने, साहिल अल्सारी, अन्जना चुतुर्बेदीले क्लबलाई अगाडि बढाएका थिए । नपालगन्ज उपमहानगर स्तरीय बाल क्लब सन्जालको अध्यक्ष भएकाहरु अहिले सामाजिक अभियान्ता र बालअधिकारकर्मीको रुपमा बाँके जिल्लामा परिचित छन् ।

बाँके जिल्लामा बाल क्लबको योगदान उत्कृष्ठ रहेको छ । बालबालिका हक हितको लागि नेपालगन्ज उपमहानगरपालिकाले सराहनीय भुमिका खेलेको छ । साथै बाँके जिल्लामा बाल क्लबको गठन र सशक्तिकरणको लागि प्लान ईन्टरनेशनल नेपाल, सेफ द चिल्ड्रेन, युनिसेफ, स्याक नेपाल, बाँके युनेस्को क्लब र सिविन नेपालले मुख्य भुमिका खेलेको पाईन्छ ।

२०७८ आश्विन १५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।