काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको १० हजार ५७९ जनामा गरिएको परीक्षणका क्रममा ९५३ जनामा संक्रमण पुष्टि भएको हो ।
साथै सोही अबधिमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।