बाँकेको आकाशमा सलहको झुण्ड देखियो

|

बाँके / बाँकेको आकाशमा सलहको झुण्ड देखिएको छ । नेपालगन्जको पूर्वी क्षेत्रहुदैं बिहीबार विहान नेपालगन्ज आकाशमा ठूलो संख्यामा सलह आएकोछ । केहीबेर अघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ पुरैना पुरैनी क्षेत्रमा देखिएको सलह यतिबेला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ सेतु विक चोक, न्यूरोड नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, १८, ४ धम्बोझी, कारकाँदो, गणेशपुर, सल्यानीबाग, फुल्टेक्रा, बसपार्क लगायतको क्षेत्रमा देखिएको छ । सलहको झुण्ड परिश्चम तिर गईरहेको छ ।
यसअघि हिजो बुधबार मात्रै बाँकेको पूर्वी क्षेत्र नरैनापुर गाउँपालिकाको गंगापुर लगायतको क्षेत्रमा देखिएको सलह बुधबार बेलुका बाँकेको डुडुवा बाँकेको डुडुवा गाउँपालिकामा बुधबार सलह प्रबेश गरेपछि गाउँपालिकाले सलह संकलन गरेमा प्रतिकिलो २० रुपैयाँ दिने घोषणा गरेको थियो ।
यद्यपी बाँकेका विभिन्न क्षेत्रमा सलह देखिएसगैं किसान चिन्तित बनेकाछन् । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रबेश गरेको सलह नरैनापुर गाउँपालिकाको गंगापुर हुदै हिजो बुधबार डुडुवामा प्रबेश गरेको थियो भने यतिबेला सलहको झुण्ड नेपालगन्ज सहरको आकाशमा बाक्लो रुपमा देखिएकोछ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले सामाजिक सन्जालमा पोस्ट गरि सम्पुर्ण कृषकहरुलाई सर्तक रहन सुचना सम्प्रेषण् गर्नु भएको थियो ।

भिडियो पनि हेर्नुहोस:

 

 

 

२०७७ श्रावण १, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।