विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी

|

काठमाडौ । विश्व म्याराथन मञ्चमा नेपालकाे दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ ।
विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे २५ औ वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयाे ।
भियतनामकाे हनाेइमा जारी २४ औ वर्ल्ड कंग्रेसका दाैरान शनिबार भएको मतदान प्रक्रियाबाट २०२६ मा हुने पच्चीसाैं वर्ल्ड कंग्रेस नर्वेमा हुने निर्णय गरियो । ‘दस मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लाेभ्यायाे ।’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने-‘अन्तर्राष्ट्रिय समुदायमा केही लबिङ पनि जरुरी हुँदाे रहेछ, त्यसमा हामी चुक्याैं ।’
नर्वेले आसन्न कंग्रेस आयोजनाकाे अवसर पाएपनि सभाहलमा नेपालले धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीले अनुभुती सुनाए ।
‘नेपाललाई विश्वमञ्चमा नाेटिस गराउन सफल भइयाे, यसमा खुशी लागेको छ ।’ ठकुरीले भने-‘प्रयास गर्नेले नै जित्ने हाे, हामीले एक कदम अगाडि बढेका छाैं, सबैको मायाले याे उर्जा मिलेकाे हाे, नेपालगन्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छु ।’
संसारमै लाेकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हाे । भिडियो प्रस्तुति तयारी गरि सघाउनु हुने नेपाल पर्यटन बाेर्डका बरिस्ठ प्रबन्धक सुर्य थपलिया प्रति पनि अध्यक्ष ठकुरीले धन्यवाद ज्ञापन गरेका छन् ।
एम्समा आवद्ध हरेक देशका म्याराथन आयाेजकहरु यतिबेला हनाेइमा जम्मा भएका छन् । चार दिने कंग्रेसमा नेपालबाट यसपटक नेपालगन्ज म्याराथन र पाेखरा म्याराथनले सहभागिता जनाएका छन् । धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण यही मंसिर २२ गते शनिबार हुँदैछ ।

२०८१ कार्तिक ३०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।