
नारायणगढ / नारायणगढ-मुग्लिन सडकको सिमलतालमा आज बिहान करिब ३:३० बजे तिर लेदो माटो सहितको पहिरोमा परेर २ वटा यात्रुवाहक बसहरु त्रिशूली नदीमा बगेका छन् ।
काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्समा ३१ जना थिए जुन बसबाट ३ जना यात्रुले हाम फालेर ज्यान बचाउन सफल भए।
र वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना यात्रु रहेको अनुमान छ । सबैको अवस्था अज्ञात छ । उक्त क्षेत्रमा सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन् । त्यसैगरी, सोही सडक खण्डको १७ किलोमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका-४ बस्ने ३६ वर्षीय मेघनाथ विकको ज्यान गएको छ ।