काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे नेपाल) का अध्यक्ष प्रदीप राज वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।
कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित ‘कर्पोरेट एक्सिलेन्स अवार्ड–२०२६’ समारोहमा फोटो पत्रकारिता क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै वन्तलाई उक्त सम्मान प्रदान गरिएको हो।
विगत १७ वर्षदेखि राजनीतिक, आर्थिक, सामाजिक, मनोरञ्जन तथा खेलकुदलगायत विविध क्षेत्रमा सक्रिय रूपमा फोटो पत्रकारिता गर्दै आएका वन्तले देश तथा विदेशमा सूचना र समाचार प्रवाहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनले फोटो पत्रकारहरूको हकहित संरक्षण, व्यावसायिक क्षमता अभिवृद्धि तथा संस्थागत विकासमा समेत निरन्तर योगदान पुर्याउँदै आएका छन्।
उक्त सम्मानले फोटो पत्रकारिता क्षेत्रको व्यावसायिक उत्कृष्टतालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ।
यस अवसरमा एनएफपीजे नेपाल ले अध्यक्ष वन्तलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मानले सम्पूर्ण नेपाली फोटो पत्रकारहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरेको छ। संस्थाले आगामी दिनमा पनि फोटो पत्रकारहरूको क्षमता विकास, अधिकार संरक्षण र पेशागत मर्यादा अभिवृद्धिका लागि सक्रिय रहने प्रतिबद्धता दोहोर्याएको छ।






