
काठमाडौँ –
किरण कृयशन द्वारा निर्माण गरिएको “समृद्ध नेपाल सुखी नेपाली” एल्बममा समाबेश प्रधानमन्त्री के पि शर्मा ओलि द्वारा रचना गरिएको गीत “स्वदेश मै रोजगारी……” को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।नेपाल चलचित्र कलाकार संघ (FAAN )को सहयोगमा निर्माण भएको भिडियोलाई वरिष्ठ निर्देशक मोहन निरौलाले निर्देशन गर्नु भएको छ ।
यस भिडियोमा पवित्रा आचार्यले कोरियोग्राफी गरेको छ भने प्रधुम्न मिश्रको छायांकन रहेको छ र साथै शान्तिराम राईको संगीतमा शान्तिराम राई र मेलिना राईको स्वर रहेको छ र यो भिडियो अहिलेको समय सापेक्ष रहेको छ ।
बरिष्ट अभिनेता रविन्द्र खडका, मोहन निरौला, रमेश पौडेल, चेत ब.सिंह, सुनिल कटुवाल,पवित्रा आचार्य ,रामेश्वर बुर्लाकोटी, उद्दव भट्टराई ,गोपाल ढकाल,जीवन थापा,आशा भुषाल,प्रकृती केसि, अनि बालकलाकार अनुवेशा घिमिरे, आरभी खड्का लगायतको अभिनय र बिनोद बमको सम्पादन रहेको छ ।