बाढी र पहिरो प्रभावित क्षेत्र प्रधानमन्त्री देउवाद्वारा निरीक्षण

|

धनगढी । सुदुरपश्चिम क्षेत्रका विभिन्न जिल्लाको बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली धनगढी बसेको छ ।

काठमाडौंबाट बिहान निस्केका देउवासहितको टोलीले बिहीबार दिनभर बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको हो । प्रधानमन्त्री देउवाले डोटीको दिपायल, बझाङको थलारा र सदरमुकाम चैनपुर, बैतडीको ढुङ्गाड, डडेलधुरा र कञ्चनपुरको महाकाली क्षेत्रको निरीक्षण गरेका थिए ।

त्यस क्रममा प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्याएको जनधनको क्षति, उद्धार तथा राहत कार्य लगायतका विषयमा जानकारी लिएका थिए । प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेलगायत रहेका छन् ।

२०७८ कार्तिक ४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।