तामाङ समाज टेक्सासको दोस्रो अधिवेशनबाट सुर्यमान मोक्तानको अध्यक्षतामा : नयाँ कार्य समिति चयन

|

अमेरिका । अमेरिकाको टेक्सास राज्यमा तामाङ समाज टेक्सासको दोस्रो अधिवेशन अगष्ट १५ तारिखमा सम्पन्न गरेको छ । अम्बर बहादुर लामाको प्रमुख आतिथ्यतामा टेक्सासको अर्भिङमा सम्पन्न गरिएको हो ।

सोही दोस्रो अधिवेशनबाट सुर्यमान मोक्तानको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ । कार्यक्रम छिरिङ्ग लामाको अध्यक्षतामा सम्पन्न भएको हो र राजाराम लामा, बिकु लामा र माया योन्जन सहितको निर्वाचन मन्डलबाट निर्वाचित घोषणा गरिएको थियो ।

नयाँ कार्यकारीणी सदस्यहरुलाई निर्वाचन मण्डलका अध्यक्ष राजारामा लामाले सपत गराएका थिए । बिगत तिन बर्षको प्रगति प्रतिबेदन पूर्व महासचिव शंकर घिसिङले प्रस्तुत गरेका थिए भने पूर्व अध्यक्ष छिरिङ्ग लामाले आफ्नो अनुभव र आउने दिनमा पनि उत्तिकै सकृयता रहने प्रतिबद्दता ब्यक्त गरे ।

यसैगरी नव निर्वाचित अध्यक्ष सुर्यमान मोक्तानले आफ्नो क्षमताले भ्याएसम्म टेक्सास राज्यमा छरिएर रहेका सम्पूर्ण तामाङहरुलाई एकताबद्द गर्दै वार्षिक क्यालेण्डर र कार्य योजना बनाएर समाजको हितअनुकुल कार्य गर्दै अगाडि बढ्ने वचनबद्दता गरे।

कार्यक्रम पहिलो चरनमा पूर्व महासचिव शंकर घिसिङ र दोस्रो चरनमा नयाँ महासचिव राजन लामा वाइवाले संचालन गरेका थिए ।
यसैगरी सल्ल्हाकार समितिका तर्फबाट बिकु लामाले आफुले सकेको साथ, सहयोग, समर्थन, सल्लाह सुझाव रहने राय ब्यक्त गरे ।

२०७८ भाद्र ३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।