
अमेरिका । गैरआवासीय नेपाली संघ (एन आर एनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको सन् २०२५-२०२७ कार्यकालका लागि गठित कार्यसमितिमा नेपालगन्जका मेराजुद्दीन इद्रिसीले बोर्ड अफ डिरेक्टरको जिम्मेवारी पाउनुभएको छ ।
नयाँ कार्यसमिति निर्विरोध चयन भएको प्रमुख निर्वाचन अधिकृत अनुप श्रीवास्तवले जानकारी दिनुभयो । सानैदेखि समाजसेवा र नेतृत्वको चेतना बोकेका इद्रिसीले १४ वर्षको उमेरमा बाल क्लबमार्फत सामाजिक अभियानमा पाइला चाल्नुभएको थियो ।
इद्रिसीले जिल्ला बाल क्लब सञ्जाल बाँकेमा आबद्ध हुनुभएको थियो । उहाँले बालबालिका, किशोरकिशोरी तथा युवाहरूको अधिकार, संरक्षण र सशक्तिकरणमा योगदान पु¥याउँदै आउनुभएको छ ।
भ्रष्टाचारबिरुद्ध, सुशासन प्रवद्र्धन, शिक्षा र चेतनामूलक गतिविधिमा अग्रसर रहनुभएका इद्रिसीले विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म योगदान पु¥याउनुभएको छ ।
हाल अमेरिका बसेर प्रवासी नेपालीहरूको आवाज बुलन्द गरिरहनुभएका इद्रिसीलाई एन आर एनए अमेरिकाको बोर्ड सदस्यको भूमिकाले थप प्रभावकारी रूपमा नेपाली समुदायको हकहितमा कार्य गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
नव-निर्वाचित कार्यसमितिको अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, तथा उपाध्यक्षहरूमा दीपक सापकोटा, दिवाकर पाण्डे, कुमार तामाङ र थलवीर ओली रहनुभएको छ ।
बोर्ड अफ डिरेक्टरमा इद्रिसीसँगै विष्णुमणि आचार्य, कृष्णप्रसाद लामिछाने, मुकेश यादव, निर्भिक शाही, राजकुमार थापा, राजेश अधिकारी र उपेन्द्र राउत रहनुभएको छ ।
महिला बोर्ड सदस्यहरूमा सुनिता केसी, अनु खड्का, पुष्पकला घिमिरे र सुनिता केसी अधिकारी रहनुभएको छ ।