अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारणसभा सम्पन्न

|

बाँके। अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्ज बाँकेको नवौं बार्षिक साधारणसभा तथा भवन उद्घाटन शनिवार सम्पन्न भएको छ । दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुल नाराका साथ सुरु भएको नवौं बार्षिक साधारणसभा कार्यक्रमको अध्यक्षता सहकारी संघका अध्यक्ष उषा कुमारी थापाक्षेत्रीले गर्नुभएको थियो ।

सहकारीको सात सिद्धान्त अनुसार प्रमुख अतिथि जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष तथा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले सातवटा मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । २०६९ साल चैत्र ५ गते स्थापना भएको सहकारी संस्था ६९ जनाको शेयर सदस्यबाट संकलित रकम ३४ हजार ५ सयबाट कारोबार सुभारम्भ गरेको हो ।

हालसम्म संस्था नवौं बर्षसम्म पुग्दा १ हजार बढि शेयर सदस्य पुगेको अध्यक्ष थापाक्षेत्रीले बताउनुभयो । संस्थालाई विभिन्न समयमा संस्थाको लागि योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान पत्र सहित सम्मानित गरेको छ । अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन कार्यक्रममा सार्वजनिक गरिएको थियो । बार्षिक साधारणसभा तथा भवन उद्घाटन समारोह कार्यक्रममा नृत्य, गित, गजल समेत प्रस्तुत गरिएको कार्यक्रममा शेयर धनी, शेयर सदस्य, बचतकर्ता, सहकारीकर्मी, स्थानियवासी लगायतको सहभागिता रहेको थियो ।

२०७८ मंसिर १८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।