रुकुम पश्चिमद्धारा आठबिसकोट्को चार किल्लामा निषेधाज्ञा

|

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निषेधाज्ञा जारी गरेको छ । जिल्लाको आठबीसकोट स्थित राडी बजार क्षेत्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरेको हो ।

मंगलबार साँझ ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

प्रशासनले मंगलबार साँझ ५ बजेदेखि पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी बजार क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिग प्रहरीले हवाइ फायर तथा अश्रुग्यास समेत प्रहार गरेको थियो ।

२०७७ माघ ६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।