नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न

|

नेपालगन्ज । समाज सेवा सस्था नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोग तथा नेपाल युवा परिषद र नेपाल युनाईट्सको सहकार्यमा नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । रक्तदान जिवनदान जस्तो पुण्य कार्यमा सहभागीताको लागि आयोजक संस्थाका अध्यक्ष बिनोद थापाले अपिल गर्नु भएको थियो ।

समाज सेवा सस्था नेपालले लुम्बिनी प्रदेशमा विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । रगत अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल युनाईट्सका कार्यकारी निर्देशक महोम्मद आयातुल्ला रहमानले बताउनु भयो । सो रक्तदान कार्यक्रमको उदघाट्न आयोजक संंस्थाका अध्यक्ष विनोद थापाले रक्तदान गरि शुरुवात गर्नु भएको थियो ।

सो कार्यक्रममा नेपाल युवा परिषदका लुम्बिनी प्रदेश संयोजक सोम गुरुङ्ग, नेपाल युनाईट्सका लुम्बिनी प्रदेश संंयोजक ऋतिक शाही, शिक्षक सुन्दर सार्थक काफले, शिक्षक यमनारायण महतो, नेपाल स्वयंसेवी रक्तदाता समाज, बाँकेका उपाध्यक्ष मन बहादुर केसी(निशान) को पनि सहभागिता रहेको थियो ।

सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र, नेपालगन्जका वरिष्ठ सहायक रक्त प्राविधिक सोम सापकोटा, सहायक रक्त प्राविधिक सुनिल पुलामी मगर र सुनिता कुमाईले प्राविधिक सहयोग गर्नु भएको थियो ।

२०८० चैत्र २९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।