महिनावारी स्वच्छता अभियानमा जुट्दै बाँकेका युवा अभियान्ताहरु

|

नेपालगन्ज । बाँकेका सामाजिक युवा अभियान्ताहरु अरुणा गुरुङ्ग, श्वेता गुरुङ्ग र अन्जना चर्तुवेदी अहिले महिनावारी स्वच्छता व्यवस्थापन तथा कपडाको सेनेटरी प्याड बनाउने अभियानमा जुटि रहेका छनु । महिनावरी हुदाँ आफुले भोगेका पीडा सम्झेर अहिलेका किशोरीहरुले त्यस्तो पीडा भोग्न नपरोस् भनेर सो अभियान सन्चालन गरेको उनीहरु बताउँछन् ।
महिनावारीको समयमा किशोरीहरुको लागि अति आवश्यक वस्तु भएकोले आफुले सिकेका ज्ञान र सीप किशोरीहरुलाई सिकाई रहेको अरुणा बताउछिन् । बाँकेका अति सिमान्तकृत समुदायका किशोरीहरुलाई स्वच्छता व्यवस्थापन तथा कपडाको सेनेटरी प्याड बनाउने तालिम दिने योजना रहेको अन्जना चर्तुवेदीले बताईन् ।
बाँके जिल्लाका किशोरीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन तथा कपडाको प्याड बनाउने तालिम दिइएको छ । सस्तो र विभिन्न डिजाइनका कपडाको पुनः प्रयोग गर्न मिल्ने प्याड किशोरीहरु आफैले तयार गरि त्यसलाई धोएर पुन प्रयोग गर्न मिल्ने र लगाउदा सहज हुने प्रकारको स्यानिटरी प्याड बनाउन तालिम दिइएको सहयात्री नेपालका उपाध्यक्ष अरुणा गुरुङ्गले बताइन् ।
सहयात्री नेपालको आयोजनामा हालसम्म नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका गरि ५० भन्दा बढी किशोरीहरुलाई महिनावारी व्यवस्थापन तथा पुन ः प्रयोग गर्न मिल्ने स्वच्छ र वातावरणमैत्री सेनेटरी प्याड बनाउने तालिम साथै भारतमा जोखिममा रहेको बालबालिकाको उद्धार गर्ने कार्य गर्दै आएको सहयात्री नेपालका अध्यक्ष ऋतिक शाहीले बताए ।

 

२०८१ बैशाख ११, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।