कतारका राजा नेपाल भ्रमणका लागि मंगलबार आउँदै

|

काठमाडौं । कतारका अमिर राजाको इतिहासमै पहिलोपटक नेपालमा राजकीय भ्रमण हुँदैछ। कतारी कतारी अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि भोलि मंगलबार आउँदैछन् ।

पहिलो पटक नेपाल आउन लागेका उनी भोलि साँझ ५ बजे काठमाडौँ अवतरण हुनेछन् । नेपालको राजकीय भ्रमणमा आउँन लागेका अमिर शेख तमिमको सुरक्षाको सम्पुूर्ण जिम्मा सेनाले पाएको छ।

नेपाल आएपछि शेख तमिम होटल सोल्टीमा विश्राम गर्ने कार्यक्रम रहेको छ । उनी विश्राम गर्ने होटेलमा सेनाले सुरक्षाको प्रवन्ध गरिसकेको छ। सरकारलेसमेत भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलि नेपाल आउन लागेका राजाको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनुका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

२०८१ बैशाख १०, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।