अमेरिकामा नौ खर्ब डलरको राहत प्याकेजमा सहमति

|

अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट राहतका लागि नौ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेजका लागि संसदीय नेताहरु सहमत भएका छन् ।

यो प्याकेजमा काम गुमाएहरुलाई बेरोजगारी विमान रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गर्ने विषय समेत समेटिएको छ ।

विगत ५ महिनादेखि राहत प्याकेजमा सहमति हुन नसक्दा अमेरिकनहरुले कुनै अतिरिक्त सहायता प्राप्त गर्न सकेका थिएनन् ।

राहत प्याकेजमा शुक्रबार नैसहमति हुने आशा गरिएको थियो । तर रिपब्लिकन सिनेटरले अन्तिम समयमा नयाँ प्रस्ताव ल्याएपछि अन्तिम सहमति कायम हुन सकेको थिएन ।

त्यस्तै दोश्रो चरणको राहत चेकमा पनि सहमति भएको छ । तर दोश्रो चरणको राहत चेक ६ सय डलरकोमात्र हुनेछ ।

बच्चाहरु र बयस्कहरुलाई ६ सयको राहत चेक प्राप्त हुनेछ अर्थात् दम्पत्ति र दुई बच्चाहरु भएको परिवारलाई २४ सय डलर प्राप्त हुनेछ ।

बार्षिक ७५ हजारभन्दा कम आम्दानी भएकाहरुले ६ सय डलरको राहत चेक पाउनेछन् भने त्यो भन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा चेकको रकम घट्दै जानेछ ।

त्यसका साथै साना व्यवसाय, खाद्य सहयोग, खोप वितरण र स्वास्थ्यस्याहारको लागि पनि यो प्याकेजको प्रयोग गरिनेछ र साथै साप्ताहिक रुपमा बेरोजगारी विमाका अतिरिक्त प्रदान गरिने ३ सय डलरको सुरुवात भने छिटोमा डिसेम्बर २७ बाट हुने जनाइएको छ ।

२०७७ पुष ५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।