साफ चेम्पियनसिपका खेलाडीलाई ५ लाख र प्रशिक्षकलाई ३ लाख दिने

|

कठमाडौं । सरकारले साफ चेम्पियनसिपको उपविजेता बनेका नेपाली फुटबल टोलीका खेलाडीलाई ५/५ लाख र प्रति प्रशिक्षलाई ३/३ लाखका दरले प्रोत्साहन रकम दिने भएको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । सञ्चार मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सुनाउँदै कार्कीले खेलाडी र प्रशिक्षकलाई सम्मान स्वरुप रकम दिइने बताए ।

२०७८ कार्तिक १, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।