अन्तरधार्मिक संवादमार्फत शान्ति, एकता र सामाजिक सद्भाव प्रवर्द्धनमा जोड

|

काठमाडौं। विभिन्न धर्म तथा समुदायबीच आपसी समझदारी, विश्वास, सहिष्णुता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले नेपाल युनाइट्सद्वारा आयोजित ‘शान्ति, एकता तथा सामाजिक सद्भावका लागि अन्तरधार्मिक संवाद’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न धर्म तथा आस्थाका धर्मगुरु, सामाजिक अभियन्ता, युवा, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, अन्तरधार्मिक समझदारी र शान्तिपूर्ण सहअस्तित्व प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो।

डा. पिताम्बर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुरु आचार्य श्री महेन्द्र वशिष्ठ प्रमुख अतिथि तथा शेख नाहिदा बानो अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। नेपाल युनाइट्सका राष्ट्रिय निर्देशक मोहम्मद आयातुला रहमानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख वक्ताका रूपमा गुरु आचार्य श्री महेन्द्र वशिष्ठले शान्ति, एकता तथा सामाजिक सद्भावको महत्त्वबारे मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा विभिन्न धर्मका प्रतिनिधिहरूको सहभागितामा अन्तरधार्मिक प्यानल छलफल आयोजना गरिएको थियो। छलफलमा श्री गुरु जगन्नाथ सुवेदी, मौलाना नजरुल हसन फलाही, रेभरेन्ड डा. महेन्द्र भट्टराई, भिक्षु पियदस्सी महास्थविर तथा श्री दिनेश कुमार नौलखा, राष्ट्रिय अध्यक्ष, नेपाल स्तरीय श्री जैन श्वेताम्बर तेरापन्थी सभाको सहभागिता रहेको थियो।

२०८३ कार्तिक ११, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमा र युट्युवमा पनि जोडिन सक्नुहुनेछ ।