बाँके । बाँकेको डुडुवा गाउँपालिका–५, कम्दी पदमपुरमा रहेको श्री पशुपतिनाथ सामुदायिक वन उपभोक्ता समूहको २२औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
‘समृद्धिका लागि सामुदायिक वन उत्पादन र उत्पादकत्व वृद्धि अभियान’ भन्ने नाराका साथ आयोजित कार्यक्रम सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला समिति बाँकेकी अध्यक्ष सावित्रा पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता श्री पशुपतिनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बेलबहादुर बोहराले गरेका थिए।
कार्यक्रममा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, उत्पादन तथा उत्पादकत्व वृद्धि र उपभोक्ताको हितका विषयमा छलफल गरिएको थियो।
बालकुमारी थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। नवनिर्वाचित नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो।






