भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल

|

काठमाडौ । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।
पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भयो । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गर्दै खेलमा पकड जमाएको थियो । अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि पक्का गर्यो ।
खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । लगत्तै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । खेलको ९० औं मिनेटमा नेपाल आक्रामक भएको फाइदा उठाउँदै सहाल अब्दुलले सहजै गोल गर्दै भारतको सहज जित गरेका थिए ।

२०७८ आश्विन ३०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।