नेपाली फुटबल टिमलाई खेलकुद मन्त्री अथकको बधाई

|

काठमाण्डौं / युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई दिएका छन् । बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

बुधबार साँझ मन्त्री अथकले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली टिमलाई बधाई दिएका हुन् । उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका छन् ।

फेसबुकमा अथकले लेखेका छन्, ‘हामी खुशी र गौरववान्तित छौं । साफ च्याम्पेन्सिप फाइनल खेल प्रतिस्पर्धाका लागि जित्न सफल भएकोमा नेपाली टिमलाई धेरै धेरै बधाई तथा थप सफलताको हार्दिक शुभकामना ।’ साफ च्याम्पियनसिपको फाइनलमा अब नेपाल र भारतबीच प्रतिस्पर्धा हुने छ । बुधबार नै भारतले मालदिभ्सलाई ३-१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको छ ।

२०७८ आश्विन २७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।