क्वारेन्टाइनमा बलात्कार अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ

|

कैलाली । लम्कीचुहा नगरपालिका-१ स्थित श्री शहिद स्मृति आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया महिलालाई शनिबार राति बलात्कार गरेको अभियोगमा ३ जनालाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी सोही स्थान बस्ने २२ वर्षीय किशोर परियार तथा स्वयंसेवकहरु २० वर्षीय लक्ष्मण बिक र १८ वर्षीय सर्जन बिक रहेका छन् ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

२०७७ असार २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।