प्रबासमा फजुल खर्च घटाऔ, असहाय माथी सहयोगी हात बढाऔ – दिक्षा बस्नेत 

|

एन.आर.एन अमेरिकाकी उपाध्यक्ष्य दिक्षा बस्नेत जन्मदिनको अबसरमा माया घरसंग खुशी साट्दै लत्ताकपडा ,खाध्यान्न सहित स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

आफ्नो मातृभुमीप्रतिको माया र दायित्व बहन गर्ने क्रममा एन.आर.एन अमेरिकाकी उपाध्यक्ष दिक्षा बस्नेतले एउटा अभियान नै चलाएकी छिन् ।

बिगत केहि सालदेखी आफ्नो जन्मदिन धुमधामसंग अमेरिकामा नमनाईकन  किर्तिपुर स्थित “माया घर” मा आश्रीत यी करीव ३० जना बालाबालिकालाई माया र भावना साट्दै आफ्नो जन्मदिन प्रवास बाटै भएपनी स्वदेशमा मनाउदै आएकी छिन् ।

प्रमुख अथिति नेपाल महिला संघ कि केन्द्रिय सल्लाहकार एंव  ने का कि नेत्री श्रीमति सृजना सिंह,अथितिहरु ने का कीर्तिपूरका सभापति कृष्ण मान डंगोल,वार्ड अध्यक्ष राजेन्द्र बांनिया कार्यक्रम को सभापत्तित्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

NRNA अमेरिकाकी उपाध्यक्ष दिक्षा बस्नेतको “माया घर” लाई गर्दै आऊनु भएकोमा उपस्थित बक्ताहरुले यस प्रंससनिय कार्यलाई उच्च सम्मान गरेका छन् ।

 १ महीनाको लागी खाध्यान्न एंव कपडाहरु  र ५०० थान मास्क बितरण गरिएको थियो र विशेष गरि देव गंगा फाउन्डेसनका अध्यक्ष पुर्ण चन्द्र बांनियाको सक्रिय  भूमिका रहेको जानकारी बस्नेतले दिएकी छिन्। 

समाज सेवामा सक्रिय दिक्षा बस्नेतले चाहे बाढिपहिरो पिडितलाई होस् या एसिड आक्रमणबाट पिडित युबतिलाई उपचारको लागी प्रवासबाट  आर्थीक सहयोग जुटाउने साथै कोभिड सक्रमण (पेन्डेमिक) को समयमा पनि पटक -पटक राहत बितरण प्रदान गर्दै आईरहेकी छिन् ।

बिभिन्न माध्यमबाट मातृभुमी  नेपाल प्रती व्यक्तिगत रुपमा र सस्थांगत रुपमा असाध्यै नजिक रहेर नेपाल लगायत अमेरिकामा पनि लैगिक बिभेद ,घरेलु हिंसा, प्रबासमा महिलाका समस्या, महिला सशक्तिकरण र समानता जस्ता मुद्दाहरुमा बिशेष जोड दिदैं आएकी बस्नेत आफ्नो जिबनको अन्तिम क्षणसम्म आफुलाई सामाजीक सेवामा समर्पण गर्ने अठोट ब्यक्त गर्दछिन् साथै  लाखौको संख्यामा प्रबासमा बस्ने सम्पुर्ण दिदिबहिनी हरुलाई यस्ता अभियान चलाई बिदेशको फजुल खर्च जोगाई स्वदेशका असहाय बृद्दा र बालबालिका संग भाबनात्मक साइनो गांस्न समेत आह्वान गरेकी छिन् ।

२०७८ आश्विन २६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।