अल्पमतमा परेकी वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्य विश्वासको मत लिँदै

|

काठमाडौं/ वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व सम्हालेको ५४ औं दिनपछि विश्वासको मत लिन लाग्नु भएको छ । आज  बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेशसभामा अल्पमतमा रहनु भएको छ । विभाजनपछि नेकपा एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी दलमा लागेपछि शाक्य अल्पमतमा पर्नु भएको हो ।

१०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । त्यसैले भदौ २ गते तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो । तर दल विभाजन भएपछि नेकपा एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४३ मा झरेको छ । प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसको २२, नेकपा माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् । गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मात्र पुग्छ ।

जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ। बागमतीमा नेकपा एसबाट नयाँ मुख्यमन्त्री बनाउने संघको सत्ता गठबन्धनको तयारी छ ।

 

२०७८ आश्विन २३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।