
काठमाण्डौ धनगढी स्वयं सेवकको भूमिकामै रहेका एक जनाले होइन तीन तीन जनाको मति बिग्रेपछि स्वयं सेवामा लागेका मानिसहरु माथीनै आँच आउने सर्वनाक घटना कैलाली जिल्लाको एक क्वाईरेन्टाईनमा हुन पुगेको छ ।
कैलाली लम्की चुहानगरपालिकाको क्वारेन्टाईनमा बसेकी महिलालाई स्वयंसेवकले सामुहिक बलात्कार गरेको आरोप लागेको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका १ मा रहेको सहिद स्मृती माविको क्वाईरेन्टाईनमा रहेकी ३१ बर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको हो।पीडित महिलाले क्वारेन्टाईनमा स्वंयमसेवकको रुपमा राखिएका ३ जनाले आफुलाई बलात्कार गरेको आरोप लागेको लगाएकी छिन्।
क्वाईरेन्टाईनमा समेत रहेकी महिला माथी संवेदनशील अवस्थमा बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई हदै सम्मको कारवाही हुनु पर्ने माग स्थानीयले गरेका छन्।
क्वारेन्टाईनमै बलात्कार भएको भन्दै आईतबार उक्त स्थानमा स्थानीयले विरोध प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार दुव्यवहार गर्ने ३ जनालाई नियन्त्रणमा लिईएको छ ।