
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत तीनवटै दस्तावेज परित गरिएको छ । शुक्रबारदेखि जारी बैठकको अन्तिम दिन आइतबार दस्तावेज प्रस्तुतकर्ताले जवाफ दिएसँगै पारित गरिएको हो ।
स्थायी कमिटीबाट पारित भएर आएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित भएको हो । बैठकमा आएका सुझावहरुलाई समावेश गर्ने गरी ती दस्तावेज पारित भएको छ । आज ओली, पोखरेल र पौडेलले जवाफ दिएका थिए ।
ती दस्तावेजमाथि छलफलका लागि केन्द्रीय कमिटीको बैठकमा शुक्रबार नै १० वटा समूह बनाइएको थियो । समूहमा गरिएको छलफलका निष्कर्षहरुलाई शनिबारको बैठकमा समूह नेताले प्रस्तुत गरेका थिए ।