कटिबद्ध भएर अघि बढ्न केपि ओलिको कार्यकर्तालाई अनुरोध

|

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बाँके र बर्दियामा आयोजित पार्टीले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्नुभएको छ ।

दुवै भेलालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष ओलिले पार्टीलाई एक ढिक्का बनाएर लैजान स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । साथै उहाँले कार्यकर्तालाई  कट्टीबद्द भएर अघि बढ्न अनुरोध समेत गर्नु भयो ।

उहाँले अहिलेको सरकारलाई विकास विरोधी मोर्चाको संज्ञा दिनुभएको छ । अध्यक्ष ओलिले आफ्नो नेतृत्वको सरकारले तीब्र गतिमा गरिरहेको विकासलाई देख्न नसकेर मोर्चाबन्दी बनेर सरकार ढालेको टिप्पणी गर्नुभयो ।

उहाँले शिक्षा, स्वास्थ्यका क्षेत्रमा आफ्नो नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दावी गर्नुभयो । माधव नेपालप्रति इंगित गर्दै उहाँले एमालेभित्र रहेका केही हरिया सागहरुले पार्टी सक्काउन खोजेको आरोप पनि लगाउनुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो नेतृत्वको सरकारले पूर्वाधार विकासमा महत्वपूर्ण काम गरेको बताउनुभयो ।

बर्दियाको कार्यक्रम सकेर अध्यक्ष ओली नेपालगन्जमा एमाले बाँकेले आयोजना गरेको कार्यकर्ता भेलामा पनि सहभागी हुनुभएको छ ।

२०७८ आश्विन ६, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।