नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार नेपालगन्ज आउँदै

|

नेपालगन्ज / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार नेपालगन्ज आउँदैछन् । नेकपा एमाले बाँकले आयोजना गरेको जिल्ला स्तरिय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी बाँके आउन लागेका हुन् ।

ओलीले सम्बोधन गर्ने कार्यक्रमको तयारी तिब्र पारिएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए । प्रायः भाषणका क्रममा उखान, टुक्का र ठट्यौली गर्ने गरेका पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपालगन्ज आएर बुधबार के बोल्लान् भनेर आम एमाले कार्यकर्ताको मनमा उत्सुकता जागेको छ ।

नेपालगन्ज बिमानस्थलमा बिहान आइपुगेपछि पहिले बर्दिया पुगेर त्यहाँका कार्यकर्तालाई सम्बोधन गर्ने ओलीको कार्यतालिका छ । बर्दियामा भाषण गरिसकेपछि अध्यक्ष ओली नेपालगन्जस्थित होटल सिद्धार्थ भ्यूमा आयोजित कार्यक्रमलाई दिउँसो १ बजे सम्बोधन गर्ने तालिका रहेको छ ।

२०७८ आश्विन ५, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।