अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन

|

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन हुनुभएको छ ।

शनिबार काठमाडौंमा बसेको केन्द्रीय सचिवालय बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन हुनुभएको अनेरास्ववियुले जनाएको छ ।

यसअघिका अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिनुभएको छ ।

बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो ।

२०७८ आश्विन २, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।